प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड « Khabarhub

प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

 निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको कार्यक्रममा उनले सेवा प्रवाहमा विलम्ब नगर्न अनुरोध गरिन् । सेवा प्रवाहका क्रममा आवश्यक प्राविधिक सहयोग र उपकरणको उपयोग गर्न उनले सुझाइन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सक्षम, पारदर्शी, जबाफदेही र सेवाग्राहीमैत्री प्रशासन आजको आवश्यकता हो भनिन् । 

मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तुल्याउन आफूहरू क्रियाशील रहेको बताए  । 

त्यस अवसरमा उपसचिवद्वय राजुप्रसाद गुरागाइँ र चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रलगायत १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : १९ बजे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा