काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनेको छ ।
गोदावरीको सनराइज हल अगाडि जुम्लादेखि भक्तपुर र ललितपुरसम्म उत्पादित सामानको व्यापार भइरहेको छ ।
सनराइज हलको सडकमा जुटको स्टकोट, अल्लोको कोट, स्थानीय काँक्रो, अल्लोका झोला, ढाकाको कपडासमेत बेच्न राखिएको छ ।
त्यसैगरी घ्यु, मह र तेलसमेत यहाँ बेचिँदैछ । महाधिवेशन हलभित्र एमालेले घोषणापत्रलाई अन्तिम रूप दिँदै गर्दा बाहिर महाधिवेशन प्रतिनिधिहरू सामान किनमेलमा धमाधम व्यस्त देखिन्छन् ।
हेर्नुहोस् तस्बिरहरू :














प्रतिक्रिया