संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट  « Khabarhub

संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गरेका छन् । 

शिक्षा मन्त्रालयमा दुई मन्त्रीबीच आइतबार भएको भेटमा संखुवासभाभित्रका सामुदायिक विद्यालयमा पूर्वाधार तथा विकास निर्माण परियोजनालाई अगाडि बढाउनेबारे छलफल भएको थियो । 

भेटमा उर्जामन्त्री खड्काले लक्ष्मी आधारभूत विद्यालय खाँदबारीको भवन निर्माणका लागि ५० लाख रुपैयाँ, शारदा माध्यमिक विद्यालय चैनपुरको शौचालय निर्माणका लागि ५० लाख रुपैयाँ,  सरस्वती माध्यमिक विद्यालय चैनपुरको नयाँ भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिन शिक्षामन्त्रीसमक्ष आग्रह गरे । 

यस्तै, अमरुवा माध्यमिक विद्यालय आँखिभुईको पर्खाल तथा भवन निर्माणका लागि १ करोड रुपैयाँ, मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारको चमेनागृह निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए ।

भेटमा शिक्षामन्त्री पन्तले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि वर्तमान सरकार लागिरहेको भन्दै त्यहाँ भएका समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ४ : ४४ बजे

आज कांग्रेसका बैठकै बैठक, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा

काठमाडौँ – घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै

लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार