जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीनजनाको मृत्यु, नौ जनामा डेङ्गी पुष्टि « Khabarhub

जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीनजनाको मृत्यु, नौ जनामा डेङ्गी पुष्टि


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु भएको छ ।

उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका– १ का ६२ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– १ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिए । उनका अनुसार विगत डेढ महिनाको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

सङ्क्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो ।

लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको शर्माले जानकारी दिए । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ ।

जापानिज इन्सेफ्लाइटिस र डेङ्गीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेङ्गी रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ ।

जापानिज इन्सेफ्लाइटिस तथा डेङ्गी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता सङ्क्रमित जनावरलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने गर्दछ । एडिस एजिप्ट प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सङ्क्रमण फैलिने निमित्त प्रमुख शर्माले बताए ।

डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि सङ्क्रमितको मृत्यु हुनसक्छ । (रासस)

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ५३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको