नेपालको दोस्रो सफलता, नेदरल्याण्ड ४ विकेटले पराजित « Khabarhub

नेपालको दोस्रो सफलता, नेदरल्याण्ड ४ विकेटले पराजित


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आजको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा करण केसी नायक बने । विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए ।

त्यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे । नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ अभेर २ बलमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए । जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ ।

नेपाल सिरिजको दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । नेदरल्याण्डको भने यो लगातार दोस्रो हार हो । अंक विहीन नेदरल्याण्ड पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा नेदरल्याण्ड आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ३ : २० बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि