रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन « Khabarhub

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको घटनालाई ‘नेपाली इतिहासको सबैभन्दा कालो दिन’ भनेका छन् ।

उनले वर्तमान सरकार ढाल्नैपर्ने निचोडसहित कठोर अपिल गरेका छन्। नकख्खु कारागारबाट निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले सरकारलाई आततायीको संज्ञा दिँदै तत्काल सत्ता छोड्न चेतावनी दिएका छन्।

लामिछानेले कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी विद्यार्थीको ज्यान लिएका आरोप लगाएका छन् । उनले भने, ‘स्कुले पोशाकमा रहेका निर्दोष बालबालिकामाथि गोली चलाइयो, यो केवल क्रुरता होइन इतिहासकै कलंक हो।’

मागहरू
सभापति लामिछानेले वर्तमान संकट समाधानका लागि चार बुँदे प्रस्ताव अघि सारेका छन् :
१. सकेसम्म छिटो जेनजीसहित अन्तरिम नागरिक सरकार गठन।
२. २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा र उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन।
३. संसदमार्फत अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि विज्ञ समिति।
४. भदौ २३ को घटनाको छानबिनका लागि न्यायिक आयोग गठन, जसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको जिम्मेवारी तोक्ने।

उनले रास्वपाका सांसदलाई समेत सचेत गराउँदै माग पूरा नभए संसद्बाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

लामिछानेले मृतक विद्यार्थी परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। साथै आन्दोलनलाई शान्तिपूर्ण तर क्रान्तिकारी बनाउन सबैलाई संयमित रहन आग्रह गरेका छन् ।

‘यो क्रान्ति केवल आततायीहरुलाई दण्डित गर्न होइन, देश परिवर्तन गर्न पुग्नुपर्छ, नत्र जेनजीको बलिदान खेर जानेछ,’ उनले भनेका छन्

सन्देशमा उनले गृह मन्त्रालयमा छाडिएका २५ वटा अनुसन्धान सूचीबारे समेत स्मरण गराउँदै ती फाइलहरू नागरिकले खोजेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।सचिवालयका अनुसार सोमबार दिउँसो निजी सम्पर्कपछि लामिछानेसँग नख्खुमा हुने सबै भेटघाट र फोन सम्पर्क बन्द गरिएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ३६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२