‘प्रधानमन्त्रीको राजीनामा आइसक्यो, संवादबाट समाधान खोजौँ’ « Khabarhub

मुख्यसचिव र प्रधान सेनापतिसहितको संयुक्त अपील

‘प्रधानमन्त्रीको राजीनामा आइसक्यो, संवादबाट समाधान खोजौँ’


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकभर भइरहेको आन्दोलन र त्यस क्रममा भएको जनधनको क्षतिपछि नेपाल सरकारका उच्च अधिकारीहरूले संयुक्त अपील जारी गरेका छन्।

मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

अपिलमा भनिएको छ, ‘यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं।’

उच्च अधिकारीहरूले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको भन्दै राजनीतिक संवादमार्फत छिटो समाधान खोज्न सबै दल र सरोकारवालालाई आह्वान गरेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : २३ बजे

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो

खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय