देउवामाथिको हातपात जघन्य अपराध, भौतिक संरचना जलाएर कांग्रेसको विचार मर्दैन : डा. शेखर « Khabarhub

देउवामाथिको हातपात जघन्य अपराध, भौतिक संरचना जलाएर कांग्रेसको विचार मर्दैन : डा. शेखर


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गरेका छन् ।

उनले जेन–जी आन्दोलनले ल्याएको नयाँ राजनीतिक सम्भावनालाई आत्मसात गर्दै कांग्रेसले भावी दिनमा जनताको विश्वास जित्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कोइरालाले भनेका छन्, ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस समर्पित हुनेछ भन्ने प्रण गर्छौँ ।’

जेन–जी आन्दोलनको ऊर्जा र चेतनाले दुई ठूला दललाई सत्ताबाट बाहिर पठाएको यथार्थलाई आत्मालोचनासहित कांग्रेसले नयाँ दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनले बताएका छन् ।

भाद्र २४ गते आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको हातपात र लुटपाटलाई उनले ‘जघन्य अपराध’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

त्यस्तै, भाद्र २३–२४ गते भएको सार्वजनिक सम्पत्ति नष्ट गर्ने गतिविधिलाई उनले कुनै हालतमा स्वीकार्य नभएको बताए ।

उनले कांग्रेसका अगुवा नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको योगदान स्मरण गर्दै पार्टीले नयाँ परिस्थितिमा नेतृत्व, सङ्गठन र विचारमा नयाँपन ल्याउनुपर्ने आवश्यकतामा जोड दिए । दशैँलगत्तै देशव्यापी छलफल र बहसमा सहभागी हुने योजनाबारे पनि उनले जानकारी गराए ।

कोइरालाले भर्खरै जलेको विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’ बारे पनि प्रतिक्रिया दिँदै भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न ।’

उनले कांग्रेसलाई ‘जनताको केन्द्रमा बस्ने’ पार्टी बनाउन सबै कार्यकर्तालाई अपिल गर्दै बीपी कोइरालाको भनाइ उद्धृत गरे,  ‘नेपाल पक्कै ब्युँझिन्छ, जय नेपालको नाराले ।



प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ११ : ०५ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक