सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ « Khabarhub

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति कम हुने गरी परिचालित भएको जनाएको छ ।

आज साँझ एक विज्ञप्ति जारी गर्दै सशस्त्रले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन र संयमित भई सामाजिक सद्भाव कायम राख्ख सम्पूर्ण पक्षमा हार्दिक अनुरोध पनि गरेको छ ।

‘हाल भइरहेको जेन-जी आन्दोलनमा सशस्त्र प्रहरी बल, नेपाल जनधनको क्षति कम हुने गरि पूर्णरूपमा संयमताका साथ परिचालन भइरहेको छ’, विज्ञप्तिमा लेखिएको छ ।

सशस्त्रले आन्दोलन क्रममा हुन पुगेको अपूरणीय क्षतिप्रति दुखः प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

नागरिकको जिउ, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाको लागि यस विषम परिस्थितिमा राष्ट्रिय सम्पतिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन सबै पक्षमा अनुरोध पनि गरेको छ ।

सशस्त्र प्रहरीको विज्ञप्ति :

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ३६ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा