अनधिकृत हातहतियार र गोलीगट्ठा तत्काल बुझाउन सेनाको आग्रह « Khabarhub

अनधिकृत हातहतियार र गोलीगट्ठा तत्काल बुझाउन सेनाको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका र फेला परेका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्रीहरू तत्काल बुझाउन अनुरोध गरेको छ ।

त्यस्ता सुरक्षा सामग्रीहरू नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन सेनाले आग्रह गरेको हो । उक्त हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।

त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्नेमा पनि सेनाले सचेत गराएको छ । लुटिएका र फेला परेका हातहतियारसम्बन्धी सूचना प्राप्त गर्ने व्यक्तिहरूले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न पनि सेनाले अनुरोध गरेको छ ।

संवेदनशील परिस्थिति भएकाले सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग पनि सेनाको अनुरोध छ ।

सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा ठूलो सङ्ख्यामा हताहती भएपछि मङ्गलबारको प्रदर्शन क्रममा आन्दोलनकारीहरूले प्रहरीहरूको हतियारसमेत कब्जा गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १२ : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु