कुमारी र तलेजु जात्रा मनाइयो « Khabarhub

कुमारी र तलेजु जात्रा मनाइयो


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जीवित देवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारीजात्रा आज सम्पन्न भएको छ ।

तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज तलेजुको आगमघरमा ल्याएर विधिवत् रूपमा जात्रा मनाइएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए ।

आजै टिबुक्छेँमा रहेका ११ जना गणकुमारीको समेत तलेजुमा लगेर पूजा गरिएको छ ।

तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको थियो ।

कुमारीको चर्तुब्रह्म महाविहारमा लगी पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा दशैँमा ५४ बोका, ३२ राँगा र २४ वटा हाँसको बली दिई तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुति होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ ।

तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ७ : ०१ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता