नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद « Khabarhub

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ।

सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका १९२ जना कैदीलाई नियन्त्रणमा लिइएको छ।

यसक्रममा भारततर्फ भागिरहेका ७ जनालाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ ।

एक जनालाई स्थानीयले समातेर इलाका प्रहरी कार्यालयमा बुझाएका छन्। त्यस्तै, १२ जना कैदी आफैं फर्केर कारागारमा उपस्थित भएका छन्।

यसैबीच, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना घाइते र २ जनाको मृत्यु भएको छ।

त्यसैगरी, काभ्रेपलान्चोकको बनेपा–९ नयाँबस्तीमा फेला परेको शंकास्पद वस्तुलाई सेनाले सुरक्षित रूपमा नष्ट गरेको जनाएको छ। हालसम्म विभिन्न ठाउँबाट ९४ नाल हतियार बरामद भएको सेनाले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : २० बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति