पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा नयाँ पुल बन्दै | Khabarhub Khabarhub

पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा नयाँ पुल बन्दै


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी पाँचौँ पुल बन्न लागेको हो । 

कुश्माबजारस्थित वडा नं ५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका–१४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि ४१५ मिटर लामो पुल निर्माण सुरु भएको हो । 

यसअघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बञ्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् । 

बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ साल पुस मसान्तसम्ममा पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ ।

पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्वतयारी बारेमा निर्माण कम्पनीले अध्ययन सकेकाले अब छिट्टै निर्माण सुरु हुने उनले बताए। 

सङ्घीय सरकारबाट विनियोजन भएको रु पाँच करोड २६ लाख ८० हजार लागतमा उक्त पुल निर्माण हुने भएको हो । बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए । 

पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी कोरिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकोले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको विश्वास छ । 

‘विशेष गरी बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकोले यो पुल निकै महत्त्वपूर्ण छ’, स्थानीय कमल जिसीले भने, ‘प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी तथा बागलुङ र कुश्मा नगरपालिकाका प्रमुखहरूको पहलमा निर्माण हुन लागेको पुलले दुई जिल्लालाई जोडेर सेवा लिन तथा व्यापार व्यवसाय सञ्चालन गर्न झनै सजिलो हुने भएको छ ।’

अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको रु ८५ तिर्नुपर्छ भने बञ्जी पुलबाट दुईतर्फी यात्राका लागि १२० लाग्छ । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ३५ बजे

सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस्

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई

जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशभर १ सय ४३ वटा

प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत

काठमाडौं– नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाणमा

जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौँ- गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको

जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला

टोकियो- जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको