जितिया पर्वको तयारीमा मिथिलानी | Khabarhub Khabarhub

जितिया पर्वको तयारीमा मिथिलानी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका नारी) ले जितिया पर्वको तयारी थालेका छन् । निषेधाज्ञा र कर्फ्युका बीच मिथिला क्षेत्रका सन्तानवती महिलाले यो पर्वको तयारी थालेका हुन् ।

प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) सुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी सुरु गर्छन् । यसपक्षको अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व यस पटक आगामी आइतबार (पर्सी) परेको छ । 

 मिथिलामा यो पर्व पौराणिक र पारम्परिक महत्वको मानिन्छ । ‘पर्व आइसक्यो, तर कर्फ्यू अर्झ हटेको छैन, सरसामान जुटाउन हाटबजार आउजाउ गर्न अझै सहज भइसकेको छैन’, जलेश्वर–५ चौरियाकी बासिन्दा पेसाले शिक्षक नायडु तिवारीले भने, ‘हामीलाई भने पर्वले छोपी सकेको छ ।’ 

‘जितिया पावनी बड भारी’ ९जितिया पर्व कठिन छ० मिथिलामा कठोर व्रत परम्पराको परिचय बनाएको यो पर्वका लागि मिथिलानी पितृपक्ष सुरु हुनासाथै आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्छन् । असोज कृष्णपक्षको पितृपक्ष सुरु हुनासाथै आम मिथिलानीबीच हुने भलाकुसारीमा जितियाकै तयारीको चर्चा हुन्छ । यो पक्ष सुरु हुनासाथ मिथिलानी आफ्ना कूलपुरोहितसँग सम्पर्क गरेर व्रतको दिनको टुङ्गो गर्न व्यग्रझैँ हुन्छन् । 

सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दु मैथिल परम्परा छ । अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा) पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ ।

उपवासकै दिन रात नकटी नवमी लागे पनि एक अहोरात्र व्रत हुनुपर्ने परम्पराले भोलिपल्टको सूर्योदयपछि मात्र साङ्गता (समापन) गर्न मिल्ने स्थापित परम्पराले कहिलेकाहीँ यो पर्व ३६ घण्टा बढीको समेत गरिएको पाका मिथिलानी सम्झन्छन् । यसपालि यो पर्व ३१ घण्टा केही बढीको छ ।

विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थ व्रतको टुङ्गो गरिनै मैथिल परम्परा छ । यसअनुसार यसपालि आउने आइतबार बिहान ८ः४४ मिनटदेखि नै अष्टमी सुरु हुनेहुँदा सो दिन जितिया व्रत गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउँछन्। यसअनुसार भोलि शनिबार मध्यरातदेखि सुरु हुने व्रत एक अहोरात्र र नवमी एकघडी कटाउँदा सोमबार बिहान ७ः०० बजे समापन गर्न सकिने उनको भनाइ छ । यो समय गणनाले यसपालिको व्रत ३१ घण्टा हुने झाले स्पष्ट पारे ।

जितिया पर्वका बर्तालुले व्रतअघिको मध्यरातपूर्व ‘ओगटन’ ९दर० खाएर पर्व सुरु गर्छन् । यसअनुसार यसपालिको ‘ओगटन’ भोलि शनिबार मध्यरातपूर्व हुनेछ । ‘ओगटन’ मा दहीचिउरा खाने आम चलन छ ।

सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । 

प्रारम्भमा सन्तान (छोरा-छोरी)को कल्याण कामनार्थ गरिँदै आइएको यो व्रत पछिपछि पितृसत्तात्मक समाज बन्दै गएपछि पुत्रका नाउँमा हुन थालेको अहिलेका आधुनिक मिथिलानी बताउँछन् । तर अब लैङ्गिक विभेदविरुद्धका सामाजिक सचेतना अभियान बढ्दै गएपछि फेरि सन्तान (छोराछोरी) कै नाउँमा गर्ने प्रचलन बढ्दै गएको मटिहानी नगर कार्यपालिकाको कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दापी दास बताउँछिन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ३९ बजे

यातायात र सडक विभाग भवनको आगो निभाइँदै

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र

गोदावरी– धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा

सुशीला कार्कीविरुद्ध खनिँदै सूर्य थापाले लेखे – वडासदस्य जित्ने हैसियत छैन

काठमाडौँ – जेन-जी आन्दोलनपछि सत्ताच्यूत भएको नेकपा (एमाले) का सांसद

इजरायली आक्रमणपछि कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक

न्युयोर्क– सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित

आन्दोलनमा क्षतीको सीसा–हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट