जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त « Khabarhub

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

युवा पुस्ताले मर्यादित रोजगारी, स्वरोजगारी, र सरकारी राजस्वको सदुपयोग जस्ता विषयमा उठाएका चासोप्रति संवेदनशील हुन महासंघले नेपाल सरकार, राजनीतिक दल, र सरोकारवाला सबैलाई आग्रह गरेको छ । महासंघले मुलुकमा थप निराशा र अशान्तिको वातावरण सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नगरियोस् भनी सबैको ध्यानाकर्षण गराएको छ ।

महासंघका अनुसार, सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धि भए मात्रै उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव छ । आर्थिक गतिविधिलाई चलायमान बनाउन र पर्यटन सिजनमा नेपालबाट सकारात्मक सन्देश दिनका लागि संयमित भएर संवाद र सहकार्यबाट समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा महासंघले जोड दिएको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन महासंघले सरकार, राजनीतिक दल, र जेन जी पुस्तालाई अपिल गरेको छ । साथै, नागरिकको सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, र लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्न पनि महासंघले सबै सरोकारवालालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १२ : ०८ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले