प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस् « Khabarhub

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा संलग्नको तस्बिर-भिडियो तथा सामाजिक सञ्जालका लिङ्क पठाइदिन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आह्वान गरेको हो । ‘भिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास फैल्याउने किसिमका अन्य विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क तपाइहरूसँग छन् भने कृपया हामीलाई पठाउनुहोला’, प्रहरी प्रधान कार्यालयले भनेको छ।

प्रहरीले त्यस्ता कुनै जानकारी भए प्रहरीको जिमेल ठेगाना [email protected] पठाउन सकिने पनि सर्वसाधारणलाई भनेको छ। प्रहरीले यसरी विवरण उपलब्ध गराउने व्यक्तिहरूको गोपनीयता राखिने पनि विश्वास दिलाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ३६ बजे

रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका

हेटौंडा सडक विस्तारका पीडितको माइतीघरमा बाजासहित विरोध प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं– हेटौंडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा सहित विरोध प्रदर्शन

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट