जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद « Khabarhub

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ ।

पछिल्लोपटक काठमाडौँको डल्लुबाट ९ मिमि चाइनिज पेस्तोल एक थान बरामद भएको छ ।

सिन्धुलीको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले उक्त पेस्तोल काठमाडौँस्थित डल्लु इलाकामा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई बुझाएको सेनाले जानकारी दिएको छ ।

सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा सरकारले चर्को दमन गरेपछि मङ्गलबार जताततै आक्रमण र लुटपाट भएको थियो । प्रदर्शनमा अराजकता मच्चाउन छिरेका विभिन्न समूहले प्रहरी चौकीमा समेत आक्रमण गर्दै हतियार लुटेको थियो ।

लुटिएका त्यस्ता सबै हतियार बुझाउन सेना र प्रहरीले सूचना जारी गरिसकेको छ । बरामद अधिकांश हतियार प्रदर्शनमा सहभागीहरूले नै सुरक्षाकर्मीहरूलाई बुझाएका हुन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ५३ बजे

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

काठमाडौँ – धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन