जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद « Khabarhub

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ ।

पछिल्लोपटक काठमाडौँको डल्लुबाट ९ मिमि चाइनिज पेस्तोल एक थान बरामद भएको छ ।

सिन्धुलीको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले उक्त पेस्तोल काठमाडौँस्थित डल्लु इलाकामा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई बुझाएको सेनाले जानकारी दिएको छ ।

सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा सरकारले चर्को दमन गरेपछि मङ्गलबार जताततै आक्रमण र लुटपाट भएको थियो । प्रदर्शनमा अराजकता मच्चाउन छिरेका विभिन्न समूहले प्रहरी चौकीमा समेत आक्रमण गर्दै हतियार लुटेको थियो ।

लुटिएका त्यस्ता सबै हतियार बुझाउन सेना र प्रहरीले सूचना जारी गरिसकेको छ । बरामद अधिकांश हतियार प्रदर्शनमा सहभागीहरूले नै सुरक्षाकर्मीहरूलाई बुझाएका हुन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ५३ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार