इजरायली आक्रमणपछि कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक « Khabarhub

इजरायली आक्रमणपछि कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणपछि अरब र इस्लामिक राष्ट्रहरूले कतारसँग पूर्ण ऐक्यबद्धता जनाएका छन् ।

आक्रमणमा मृत्यु र घाइते भएको घटनापछि बिहीबार बेलुकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन सत्र बसेको थियो ।

इजिप्टका प्रतिनिधि ओसामा अब्देल खालेकले गाजामा युद्धविराम र शान्ति कायम गर्न कतारले इजिप्ट तथा संयुक्त राज्य अमेरिकासँग गरेको समन्वय प्रयासको प्रशंसा गरे ।

उनले इजरायलको आक्रमणलाई ‘प्यालेस्टिनी जनतामाथि भइरहेको नरसंहारको निरन्तरता’ भन्दै बेवास्ता नगर्न चेतावनी दिए । सुरक्षा परिषद् दर्शक मात्र बन्न नहुने भन्दै उनले गाजामा आक्रमण रोक्न अध्याय ७ अन्तर्गत प्रस्ताव पारित गर्न आग्रह गरे ।

खाडी सहयोग परिषद् (जीसीसी) का तर्फबाट कुवेतका राजदूत तारिक अल बनाईले कतारको सार्वभौमिकता, सुरक्षा र स्थिरतामाथि भएको उल्लङ्घन अस्वीकार्य भएको बताए ।

उनले यस घटनाका लागि इजरायललाई पूर्ण जिम्मेवार ठहर गर्दै खाडी राष्ट्रिय सुरक्षा ‘रेड लाइन’ भएको चेतावनी दिए । यस क्षेत्रमा अस्थिरता ल्याउने इजरायली नीति सामूहिक र कानूनी प्रतिवादमार्फत रोक्ने दृढतासमेत उनले प्रकट गरे ।

इस्लामिक सहयोग सङ्गठन ओआईसीका तर्फबाट टर्कीका राजदूत अहमेत यिल्डिजले आक्रमणलाई ‘राज्य आतङ्कवाद’ र क्षेत्रलाई अस्थिर बनाउने योजनाबद्ध प्रयासको हिस्सा रहेको बताए ।

कतारको सार्वभौमिकता र सुरक्षा उल्लङ्घनमा निर्णायक जवाफ दिने अधिकार र कर्तव्यमा ओआइसी एकताबद्ध रहेको उनले बताए । साथै, उनले सुरक्षा परिषद्लाई कतारविरुद्ध अन्यायपूर्ण सैन्य प्रयोग रोक्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गरे ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ०६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००