काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद « Khabarhub

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना बरामद भएको छ ।

सेना र प्रहरीको संयुक्त चेकिङ टोलीले बीपी राजमार्गमा चेकजाँच गर्ने क्रममा काभ्रेको भकुण्डेबेँसीमा बा.प्र.०१- ००६ ख ९१७३ नं. को विद्युतीय गाडीबाट उक्त परिमाणमा नगद र गरगहना बरामद गरेको हो ।

गाडीमा सिरहा भगवानपुर गा.प -२ बस्ने वर्ष १८ को नरेशकुमार यादव सवार थिए । गाडी खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नग‍द तीन लाख ५० हजार ३०० र १२ लाख २६ हजार ९४ रुपैयाँ ३९ पैसा बराबरको गरगहना फेला परेको थियो ।

यादवले बोकेको झोलामा नगदसहित एक थान छड्के तिलहरी, मंगलशुत्र एक थान, बेरुवा औँठी एक थान र सिक्री तीन थान भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।

बरामद नगद र गरगहनाको स्रोत खुल्न नसकेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : २० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले