एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी « Khabarhub

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो।

टस जितेर सुरुमा फिल्ड रोजेको श्रीलंकाले बंगलादेशविरुद्ध कसिलो बलिङ गर्दै १३९ रनमा रोकेको थियो। १४० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १४.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

बंगलादेशको जितमा ओपनर पथुम निसानकाको अर्थशतक बन्यो। उनले ३४ बलमा १ छक्का र ६ चौकासहित ५० रन बनाए। उसका लागि कमिल मिसराले नटआउट ४६ रन बनाए। बंगलादेशका मोहिद हसनले दुई विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि सुरुवाती ब्याट्सम्यान चल्न सकेनन्। जाकर अली र शमीम हुसेन ले राम्रो साँझेदारी गरे पनि श्रीलंकामाथि जितका लागि आवश्यक रन बन्न सकेन। अलीले ४३ बलमा ४१ रन बनाउँदा समान बलमा हुसेनले ४२ रन जोडे।

एसिया कप अन्तर्गत आज समूह ‘ए’मा भारत र पाकिस्तान भिड्दैछन्। एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ४५ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट