रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर « Khabarhub

जेन-जी आन्दोलनमा घुसपैठ

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

भिडियो सार्वजनिक हुन थालेपछि दुवैले छाडे पार्टी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको कुरा बिस्तारै खुल्न थालेको छ ।

जेन-जीले घोषणा गरेको शान्तिपूर्ण राजावादी, माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि घुसपैठ गरेर कांग्रेस-एमाले नेताहरुको घर जलाएको खुलेको छ ।

यसरी जेन-जीनको आन्दोलनमा कांग्रेस र एमाले नेताहरूको घर र सम्पत्ति जलाउन जुटेका राष्ट्रिय स्वन्त्र पार्टीका दुई नेताले राजीनामा दिएका छन् ।

काभ्रेपलाञ्चोकका विद्यालय, सरकारी संरचना र नीजि सम्पत्तिमा आगजनी र तोडफोडका क्रममा रास्वपा नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुर्दशन तिमल्सिनाले नेतृत्व गरेको खुलेको छ।

तिमल्सिना रास्वपा पनौती नगर कमिटीका सदस्य हुन् । रास्वपाले शिक्षकलाई राजनीतिक गर्न निषेध गरे पनि उनै तिमल्सिना तोडफोड र हिंसामा उत्रेको भिडियो र फोटो अहिले भाइरल भइरहेको छ ।

उता रास्वपा पनौनी नगर सभापति भट्टराई काठमाडौँ विश्वविद्यालयअन्तर्गतको कुप्स विद्यालयका स्थायी शिक्षकसमेत हुन् । भट्टराई ल्याब टेक्निसियन पदमा कार्यरत छन् ।

ल्याब टेक्निसियनका रुपमा कार्यरत रहे पनि विद्यालयले उनी स्थायी शिक्षकका रुपमा कार्यरत रहेको जवाफ दिएको छ । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कुप्समा यस्तै शिक्षकहरू दर्जनौँ छन् । शिक्षक नियुक्त हुँदा राजनीति गर्न नपाउने आचार संहिताविरीत भट्टराई रास्वपा नगर सभापति बनेका थिए । उनै भट्टराईले अरु शिक्षकलाई राजनीतिक गर्न नहुने बताइरहँदा जेन-जीको आन्दोलनमा घुसपैठ गरेर नेताहरूको घर जलाउन हिँडेको खुलेको छ।

भट्टराई पनौतीमा भएको हिंसात्मक आन्दोलनमा आगोको पुल्ठो बोकेर नेताहरूका घर र संरचना जलाउँदै हिँडेको भिडियो बाहिरिएको छ । उनले नेतृत्वको गरेको भिडले विध्वंश मच्चाउँदै हिँडेको भिडियो अहिले भाइरल भएको छ।

भट्टराई नेतृत्वको समूहले पनौती नगरपालिका-२ कुशादेवीस्थित पूर्वनगर प्रमुख भीम न्यौपानेको घर जलाए । अर्का नेता सुर्दशन तिमल्सिना पनि पनौती-२ कुशादेवीकै बासिन्दा हुन् ।

तिमल्सिनाले आन्दोलनका क्रममा गल्ती भएको स्विकारेका छन् । ‘मबाट कमजोरी भएकै हो, त्यो मैले स्वीकार्नु पर्छ । अस्तिका दिन म त्यो कार्यक्रमा सहभागी हुनु हुँदैन थियो’, उनले सामाजकि सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो सहभागिताकै कारण सबै आक्षेप मलाई लगाउनु जायज हुँदैन । कयौँ व्यक्तिालई मैले रोजेको पार्टीप्रति गलत धारणा थियो ।’

यस घटनाका भिडियो बाहिरिएपछि उनले रास्वपाको नगरसभापति पद पनि त्यागेक छन् । यस घटनासँगै उनले रास्वपाको नगर सभापति पदमा नरहेको जानकारी गराएका छन् । उनले रास्वपा नगर सदस्यको पद पनि त्यागेको बताएका छन् ।

‘नहुनुपर्ने घटना भए, सम्पूर्ण घटनाप्रति दु:ख ब्यक्त गर्दछु’, तिमल्सिनाले भनेका छन् ।

भट्टराई र तिमल्सिनाको नेतृत्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पनौतीका नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा र क्याप्टेन एवम् अन्नपूर्ण मिडिया नेट्वर्कका मालिक रामेश्वर थापाको घर तोडफोड र आगजनी भएको थियो । पूर्व प्रमुख न्यौपानेको घरमा आगजानी र तोडफोड गर्दा उनीहरू देखिएका थिएनन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : २१ बजे

सुकुम्वासीले रास्वपालाई भने : सरकार पेलेर अघि बढे प्रतिकारमा उत्रिन्छौँ

काठमाडौं- काठमाडौंको अतिक्रमित सुकुम्वासी बस्तीका बासिन्दाले आफूहरूलाई हटाउने निर्णय कार्यान्वयन

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं– धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले