पर्यटन मन्त्रालयको काम नियमित | Khabarhub Khabarhub

पर्यटन मन्त्रालयको काम नियमित


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आजबाट मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीका ‘जेनजी’ प्रदर्शनका कारण भदौ २७ सम्म सबै निकायको काम स्थगित भएको थियो । उक्त दिनसम्म निषेधाज्ञा रहेको, २८ गते शनिबार परेकाले आइतबार २९ गतेदेखि नियमित रूपमा सबै सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएका छन् ।

मन्त्रालयले सामान्यका काम सञ्चालन गरेको र पूर्वघोषित कार्यक्रम तथा आगामी कार्यक्रम भने मन्त्री बहालीपछि मात्रै हुने मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयमा धेरै क्षति भएको छैन । भूँइतलाको केही झ्यालका सिसा फुटेका छन् । केही गाडीमा क्षति भएको छ । त्यसबाहेक खासै समस्या भएको छैन । 

आज मन्त्रालयमा पुग्दा सचिव हरिप्रसाद मैनाली कार्यकक्षमा नियमित काम र भेटघाटमा व्यस्त थिए । मन्त्रालयका विभागीय, मातहत निकायका प्रमुखले आ–आफ्नो कार्यालयको ब्रिफिङ गरिरहेका थिए । मन्त्रालयका अधिकांश कर्मचारी कार्यालयमै थिए ।

मन्त्रालयअन्तर्गतको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित पुरानो भवनमा भने आगजनी भएको छ । 

बबरमहल कार्यालयका कर्मचारीले सिनामङ्गलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा काम गरिरहेका छन् । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार प्रशासन, अर्थ, आन्तरिक लेखापरीक्षण र गुणस्तर, ‘कम्युनिकेशन नेभिगेशन’, अग्नी निवारण, आन्तरिक विमानस्थल तथा सुविधा विभाग, कानुन शाखा, ‘एटीएम’ विभाग र महानिर्देशकको सचिवालयलगायत संरचना आगजनीबाट जलेर ध्वस्त भएका छन् । 

केन्द्रीय पुस्तकालय र स्टोरमा भएका सम्पूर्ण सामग्री जलेर नस्ट भएका छन् । १२ भन्दाबढी सावरीसाधन जलेका छन् ।     

कार्यालयमा भएको क्षतिबारे अध्ययन गर्न प्राधिकरणका प्रवक्ता बाबुराम पोखरेलको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको प्रवक्ता भूलले जानकारी दिए । 

कार्यालयमा भएको क्षतिको विवरणबारे मूल्याङ्कन गरेर प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा तोडफोड भएको छ । निगमका आधा दर्जन गाडीमा आगजनी गरिएको छ । निगमको प्रशासनिकलगायत सम्पूर्ण काम सामान्य रूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ ।

पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नियमित काम सञ्चालन भइरहेको बताए । उनका अनुसार विभागमा पनि कुनै क्षति भएको छैन । कार्यालयका दुई वटा गाडीमा क्षति पुगेको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : १७ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र