मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ « Khabarhub

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम फाइनल गरेकी छन्। शुक्रबारदेखि गृहकार्य थालेर आइतबारसम्ममा ती तीन जनाको नाम टुंगो लगाइएको हो।

प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

यस्तै कानुन तथा गृहमन्त्रीमा ओम प्रकाश अर्याल र अर्थमन्त्रीमा रामेश्वर खनालको नाम फाइनल भएको प्रधानमन्त्री कार्यालयका ती सचिवले जानकारी दिए।

ती सचिवका अनुसार, तीनै जना मन्त्रीहरूको शपथ सोमबार हुने तय भएको छ।प्रधानमन्त्री कार्कीले आजै पदभार ग्रहण गरेपछि मन्त्रीहरूको नाम टुंग्याउन लामो कसरत गरेकी थिइन्।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। अर्याल काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार हुन्। रामेश्वर खनाल भने पूर्व अर्थसचिव हुन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : ५४ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन