एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य « Khabarhub

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।

पाकिस्तानका लागि सहिबजादा फरान सर्वाधिक रन बनाउने खेलाडी रहे। उनले ४४ बलमा ४० रन जोड्दै १ चौका र ३ छक्का प्रहार गरे। फकर जमानले १७, शाहिन शाह अफ्रिदीले ३३ र फहिम अश्राफले ११ रन बनाएका थिए।

भारतका लागि बलिङतर्फ कुलदीप यादवले प्रभावशाली प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ३ विकेट लिए। अक्षर पटेल र जसप्रीत बुमराहले २–२ विकेट लिए भने हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १–१ विकेट लिए।

प्रतियोगितामा दुबै टोलीले आफ्नो पहिलो खेलमा जीत हात पारेका छन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : ४१ बजे

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र