देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो  « Khabarhub

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो संगै नेपालमा डेंगु सक्रमितको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ११ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ भने बागमतीमा ९ सय ३६, लुम्बिनीमा ७ सय ८०, कोशीमा ६ सय ८१, सुदूरपश्चिममा ५ सय २, कर्णालीमा २ सय ७ र मधेश प्रदेशमा ८८ जनामा संक्रमण देखिएको छ । 

वर्षातको मौसममा डेंगी रोगको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएकोले लामखुट्टे नियन्त्रण गर्न घर तथा भवन वरपरका पानी जम्ने स्थान र वस्तुहरूको पहिचान गरी, लामखुट्टेको प्रजनन, वृद्धि तथा विकास हुने ठाउँहरू नष्ट गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ४५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर