बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ? « Khabarhub

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला ब्रिटिश ट्राभल भ्लगर ह्यारी ज्याक्सनले खिचेको भिडियो अचानक युट्युबबाट गायब भयो।

 ‘द साइड अफ नेपाल द मिडिया वोन्ट शो यु’ शीर्षकमा अपलोड गरिएको उक्त भिडियोमा संसद् भवन अगाडि भएको आगजनी, युवाहरूको उत्साह, तथा आन्दोलनकै यथार्थ तस्वीर एक विदेशीको नजरबाट प्रस्तुत गरिएको थियो। तर, यो भिडियो युट्युबमा अर्को प्रयोगकर्ताले ‘कपीराइट क्लेम’ गरेपछि हटाइएको छ ।

भिडियो हटाइएपछि ह्यारी स्वयंले आफ्नो युट्युब च्यानल ‘वी हेट द कोल्डु मा नयाँ भ्लगमार्फत जानकारी दिँदै यसलाई ‘इतिहास लुकाउने प्रयास’ भन्दै आक्रोश पोखेका छन्। उनका अनुसार, भिडियोमा कुनै पनि सङ्गीत वा अरूको सामग्री प्रयोग गरिएको थिएन, सबै कन्टेन्ट मौलिक थियो। उनले भने, ‘यो स्पष्ट रूपमा गलत आरोप हो, म यसलाई फिर्ता ल्याउन प्रयासरत छु।’

अहिले पनि सो भिडियो उनको फेसबुक पेज ‘वि हेट द कोल्ड’ मा उपलब्ध छ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १ : ४८ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ