नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’ « Khabarhub

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

चाउचाउ, बिस्कुटको भरमा काठमाडौंका प्रहरी


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले छट्पटाइरहेका छन् । ऐतिहासिक संरचना जलेर खरानी भएका छन् ।

आन्दोलन क्रममा भएका तोडफोड, आगजनीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने प्रहरी सेवा प्रभावित भएको छ । देश र जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु बस्ने देशभरका प्रहरी, ट्राफिक प्रहरी कार्यालयदेखि चौकीसम्म तोडफोड तथा आगजनीमा खरानी भएका छन् । प्रहरीका हातहतियार लुटिएका छन् । पोसाकको दुरुपयोग भएको छ । जेलबाट हजारौँ कैदीबन्दी भागेका छन् ।

स्थिति सामान्य बन्दै गएपछि नयाँ सरकार बनेको छ । नागरिकले विस्तारै प्रहरीको खोजी गर्न थालेका छन् । नाना, खाना, छाना खोसिएको प्रहरी भने अभिभावकविहीन बनेको मनोविज्ञानमा बाँचेको छ । यस्तो ज्यादती माओवादीले गरेको १० वर्षे युद्धमा नभोगेको प्रहरी बताउँछन् ।

खबरहबसँग कुरा गर्दै एक जना प्रहरीले भने ‘कार्यालयमै आगो लगाउँदा पोसाकदेखि लिएर खाना पकाउने भाँडाकुँडा समेत गुमाएका छौं ।’ जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षामा खटिने प्रण गरेकाले चाउचाउ, बिस्कुट खाएर भए पनि आफ्नो धर्म निर्वाह गरिरहेको उनले बताए ।

अहिलेको परिस्थितिले मानसिक रुपमा ठूलो आघात पुगेको उनको भनाइ छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनाल भन्छन्– ‘हाम्रै सहकर्मीहरुले कति ठाउँमा दुखद मृत्युवरण गरेका छन् । कति घाइते प्रहरीको उपचार भइहरेको छ । त्यस्तो अवस्थामा मानसिक तनाव हुनु स्वाभाविक हो ।’

यस्तो अवस्थामा उपत्यकाभरिका प्रहरी कर्मचारीहरुलाई उपस्थित हुन निर्देशन दिएको र आवश्यक परामर्श दिइरहेको उनले बताए ।

‘हाम्रा भौतिक संरचनाहरु भत्किएहोलान त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो मन विचलित भएको छैन । विगतमा पनि योभन्दा ठूलाठूला द्वन्द्वबाट हामी गुज्रिसकेका छौँ । कति व्यवस्था नै बदल्ने आन्दोलनमा हामी सहभागी भइसकेका छौँ । यसलाई पनि त्यही प्रकारले लिएका छौँ’ प्रवक्ता खनालले भने ।

अब नयाँ सरकार बनेको छ । त्यसैले आन्दोलनका तिक्तता बिर्सिएर अघि बढ्न आग्रह गर्दै प्रहरीको मनोबल उच्च राख्ने प्रयास भइरहेको उनले बताए ।

ब्यारेकमै बस्ने कर्मचारीहरुको दैनिकीमा पक्कै पनि प्रभाव परेको छ । तर त्यसको व्यवस्थापन चाँडै हुने र अहिले उनीहरुलाई नजिकका प्रहरी युनिट तथा नगरी प्रहरीसंग राखेर व्यवस्थापन गरिएको उनले बताए ।

विषम परिस्थितिमा बिदा लिएर बसेका कर्मचारीहरुलाई समेत काममा बोलाएर उच्च मनोबलका साथ काममा लाग्न आग्रह गरिएको प्रवक्ता खनाल बताउँछन् । आन्दोलनमा प्रदर्शनकारीको प्रहारबाट तीन प्रहरी मारिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ३ : ३० बजे

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । 

गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

काठमाडौं– आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

मातातीर्थमा मातृभक्तको भीड

काठमाडौं– दिवङ्गत आमाको सम्झनामा  चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित