सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध « Khabarhub

सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी–  ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो क्षति पुगेको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाट र चोरी हुँदा उक्त कार्यालयमा झन्डै रु १० करोड क्षति भएको कार्यालयले जनाएको छ । 

तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको तस्बिर तथा श्रव्यदृश्यमार्फत पहिचान गर्ने कार्य भइरहेको छ । 

‘कोही कसैले राजस्व अनुसन्धान कार्यालयबाट यस्ता सामाग्री लिएको वा प्राप्त गरेको भए उक्त सामग्री राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध छ’, प्रमुख अनुसन्धान अधिकृत सुवास श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।  

कार्यालयबाट लगिएका सामान समयमा नबुझाए अनुसन्धानका क्रममा पहिचान भए कानुनबमोजिम कारबाही हुने सूचनामा जनाइएको छ । 

यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलका विभिन्न सामग्री तोडफोड, आगजनी, चोरी एवं लुटपाट भएको उनले जानकारी दिए ।  

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : ५४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित