कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो « Khabarhub

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० कार्यान्वयन नहुने


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार यो सूचना सार्वजनिक गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार कार्यान्वय नगर्ने बताएको हो।

मन्त्रालयको यो निर्देशनसँगै बिटुबि माध्यमबाट ई–७ भिसामार्फत् गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्याविधि, २०८०’ कार्यान्वयन नहुने भएको हो। कार्यविधिमा ई–सेभन भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको कार्य गर्न अनुमतिप्राप्त नेपाली संस्थाले नेपाली श्रमिक पठाउन सक्ने व्यवस्था गरिएको छ।

विशेष सीप भएका विदेशी दक्ष कामदारलाई दक्षिण कोरियाले उक्त भिसा दिएर आफ्नो देशमा काम गर्ने अनुमति दिँदै आएको छ। उक्त भिसा लिएर जाने श्रमिकका लागि कोरियाली कामदारसरह तीन हजार डलर झन्डै चार लाख नेपाली रुपैयाँमासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको थियो। यसअघिसमेत नेपालमा राजनीतिक अस्थिरताका माझ समयमा नै सरकारले निर्णय नलिँदा त्यो गुमेको थियो।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ८ : ३४ बजे

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल