सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना « Khabarhub

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट पुनः आफ्नो नियमित सेवामा फर्कन थालेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनको दौरान क्षतिग्रस्त भएका १४ प्रहरी युनिटमध्ये १२ वटालाई पुनःसञ्चालनमा ल्याइएको छ ।

बाँकी रहेका फुलबरिया र बाह्रबिघा अस्थायी प्रहरी बिटहरू चाँडै पुनःस्थापना गरिने जनाइएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, हालसम्म इलाका प्रहरी कार्यालय गोलबजार, नरहा, विष्णुपुर, कल्याणपुर, प्रहरी चौकी बेल्हा, लगडीगोठ, लगडी गदियानी, सन्हैठा, औरही, हरकट्टी, र लहान प्रहरी बिट पुनः सञ्चालनमा ल्याइएका हुन् ।

उहाँका अनुसार, प्रदर्शनको क्रममा आठ वटा प्रहरी चौकीमा तोडफोड र १० वटा चौकीमा आगजनी भएको थियो । त्यसैगरी, प्रहरीले प्रयोग गर्दै आएका तीन वटा चारपाङ्ग्रे र ६ दुई पाङ्ग्रे सवारिसाधन क्षतिग्रस्त भएका छन् ।

तीन वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन् भने तीन सञ्चार सेटहरूमा पनि क्षति पुगेको छ । यसक्रममा नौ जना प्रहरी सामान्य घाइते भएका थिए ।

पुनःस्थापित युनिटहरूमा प्रहरी टोली पुगेसँगै स्थानीय जनप्रतिनिधि र नागरिकहरूले फूलमालासहित स्वागत गरेका छन् । 

सुरक्षाको अनुभूति र जनसहभागिता दुवै पुनः स्थापना भएसँगै प्रशासनलाई उत्साहित बनाएको छ ।

 प्रहरी नायब उपरीक्षक पासवानले भने, ‘प्रहरी युनिटहरूलाई सशक्त र जनमैत्री बनाउँदै लैजाने हाम्रो लक्ष्य हो । स्थानीय तह र समुदायको साथमा हामी शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउँदैछौँ ।’
 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  २ : ४८ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई