अस्ट्रेलियाविरुद्धको खेल हेर्न रंगशालामा ओइरिए नेपाली समर्थक | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्धको खेल हेर्न रंगशालामा ओइरिए नेपाली समर्थक


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेल क्यानबेरास्थित जिआओ रंगशालामा केही बेरमा खेल्दैछ ।

अहिले रंगशालामा दर्शक आउने क्रम जारी रहेको छ भने मैदानमा खेलाडीहरु ‘वार्मअप’ गरिरहेका छन् ।

अस्ट्रेलियासँग खेल्न त्यहाँ पुगेको नेपाली टोलीलाई साथ दिन अस्ट्रेलियामा रहेका नेपालीहरु खेल हेर्न नेपाली झण्डासहित र‌ंगशाला पुगेका छन् ।

नेपाली समयानुसार २ बजेर ४५ मिनेटमा शुरु हुने खेलमा नेपाली खेलाडीले उच्च मनोबलका साथ मैदान उत्रिने प्रशिक्षक योहान कालिनले यसअघि नै बताइसकेका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक कालिनले कप्तान किरण चेमजोङको नेतृत्वमा शुरुवाती ११ घोषणा गरिसकेका छन् ।

जसमा टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठ र बिमल घर्ती मगर पहिलो रोजाइमा परेका छैनन् । उनीहरुको स्थानमा कालिनले युवा स्टार अभिषेक रिजाललाई अग्रपङ्तीको जिम्मा दिएका छन् ।

मिडफिल्डको जिम्मेवारीमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई र रवि पासवाङ रहेका छन् भने डिफेन्डरका रुपमा रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी छन् ।

यस्तै, गोलकिपरमा कप्तान किरण चेमजोङ रहेका छन । नेपाल अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  २ : ३० बजे

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक

सुन-हिरामा लगाइएको करविरुद्ध व्यवसायीको आपत्ति, २५ लाख व्यक्ति प्रभावित हुने 

काठमाडौं– नेपाल रत्न तथा आभूषण सङ्घले सरकारले आर्थिक वर्ष २०८२/८३