गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा « Khabarhub

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति गठन गरेको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा आत्मदाह घटनाका बारेमा जानकारी गराउँदै गृहमन्त्री सुधन गुरुङले उक्त घटनाको छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए । उनले उक्त घटनाको छानबिन तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको बताए ।

बोल्ने क्रममा निकै भावुक भएका गृहमन्त्री गुरुङले नेपालीको जीवन रक्षाका लागि सरकार गम्भीर भएर नै उपचारका लागि भारत लैजाने प्रयास गरेको उल्लेख गरे । 

तर चिकित्सकको सल्लाह अनुसार भारत लैजाने अवस्था नदेखिएपछि वीर अस्पतालमा नै चिकित्सकहरूले उपचारको सक्दो प्रयास गरेको उनले बताए ।

आत्मदाह घटनाप्रति विपक्षी सांसदहरूले गरेको टिप्पणी प्रति गृहमन्त्री गुरुङले आफूलाई स्टन्ट गर्ने इच्छा नभएको भन्दै देशको सेवा गर्न आफू पछि नहट्ने उल्लेख गरे ।

उनले उक्त घटना संघीय सरकारको कारण नभई स्थानीय सरकारको नियम पालना गराउने क्रममा घटेको बताए ।  

घटनालाई लिएर वर्तमान सरकारलाई आरोप लगाएको भन्दै उनले नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानीय तहमा कुन दलको सरकार छ ? भन्दै प्रश्न गरे । त्यस्तै गृहमन्त्री गुरुङले देश बनाउनका लागि सत्तापक्ष र प्रतिपक्षी नभनी सवै एकै ठाउमा उभिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : ३१ बजे

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

भन्सार छलीका पानजन्य सामग्री बरामद

झापा – झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले