यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह « Khabarhub

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । साथै, अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विशेषगरी, बागमती, मधेश, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : २३ बजे

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका