वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान « Khabarhub

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित (सेन्सरयुक्त)बत्ती जडान गरिएको छ । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ ।

तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ वटा पोलमा बत्ती जडान गरेको हो । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ ।

‘यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ, मानवीय क्षति न्यूनीकरणमा पनि मद्दत पुगेको छ’, अध्यक्ष विष्टले भने ।

उनका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः प्रवेश गर्ने गरेका छन् । बत्तीको सँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान गरेको छ । बत्ती र मेसवायर जडान भएपछि स्थानीय बासिन्दाको बालीनाली जोगाउन सकिएको छ ।

वडाध्यक्ष प्रतापसिंह धामीले स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रणमा सहयोग पुगेको बताए । ‘हात्तीले मेसवायर तोडेर बस्तीमा छिर्ने गर्दथ्यो, घर नजिक पुगेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीको कारण टाढैबाट देख्न सकिने भएकाले सचेत भएर जीउधन जोगाउन सकिएको छ’, उनले भने । समितिले यसै आर्थिक वर्षमा थप बत्ती जडानका लागि प्रस्ताव पनि पेस गरेको जनाएको छ । (रासस)

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ८ : ०२ बजे

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ