६ मिनेट मै नेपाल विरुद्ध अस्ट्रेलियाको गोल « Khabarhub

६ मिनेट मै नेपाल विरुद्ध अस्ट्रेलियाको गोल


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपाली टोली शुरुवातमै पछि परेको छ ।

खेलको छटौं मिनेटमा अस्ट्रेलियाका म्याकलेरेनले गोल गर्दै नेपाललाई १–० गोलले पछि पारेका हुन् । नेपालविरुद्ध अस्ट्रेलियाले पाएको फ्रि किकलाई सदुपयोग गर्दै गोल गरेको हो ।

जसमा टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठ र बिमल घर्ती मगर पहिलो रोजाइमा परेका छैनन् ।

उनीहरुको स्थानमा कालिनले युवा स्टार अभिषेक रिजाललाई अग्रपङ्तीको जिम्मा दिएका छन् ।

मिडफिल्डको जिम्मेवारीमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई र रवि पासवाङ रहेका छन् भने डिफेन्डरका रुपमा रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी छन् ।

यस्तै, गोलकिपरमा कप्तान किरण चेमजोङ रहेका छन । नेपाल अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : ०१ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको