बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए। कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको उहाँको भनाइ छ ।

पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी र तेल खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए। उक्त पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३५५ रुपैयाँमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए। 

प्रतिव्यक्ति अधिकतम छ किलो चिनी, पाँच किलो नुन र पाँच लिटर तेल किन्न पाइने उनले बताए।

प्रमुख श्रेष्ठले भने, ‘हरेक वर्ष मुख्य चाडबाडका मेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छौँ, यसपालि बजार मूल्यभन्दा चिनी प्रतिकिलो रु १०, नुनमा रु २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर रु ७० छुटको व्यवस्था रहेको छ, सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  २ : ५९ बजे

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न