एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे « Khabarhub

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सम्भवत: शिवपुरी पुगेका ओली बिहीबार गुन्डु झरेका हुन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था गरिएको जानकारी खबरहबलाई दिएका छन् । ‘अध्यक्षज्यू गुन्डु क्षेत्रमा बस्ने गरी आउनु भएको छ। उहाँका लागि अस्थायी बसोबासको व्यवस्था भइसकेको छ’, उनले भने ।

उनलाई त्यहाँ एमालेका नेता-कार्यकर्ताहरूले स्वागत गरेका छन् । ओलीलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको घर नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ।

उनी अब त्यहीँबाट सक्रिय हुनेछन् । सम्भवत: ओली शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा हुने संविधान दिवस कार्यक्रममा देखिनेछन् ।

यसअघि नै उनीनिकट मानिने नेता महेश बस्नेतले ओलीलाई १० औँ हजार नेता-कार्यकर्तासहित काठमाडौँमा स्वागत गरिने बताएका छन् ।

जेन-जी आन्दोलनका क्रममा ओलीको पुर्ख्यौली थलो तेह्रथुम, गृहजिल्ला झापाको दमक र भक्तपुरको बालकोटस्थित तीनै स्थानका घरहरू जलाइएको छ। त्यसकारण उनका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ४४ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार