काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा घेरामा बसेका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शुक्रबार सार्वजनिक हुने भएका छन् ।
संविधान दिवसको अवसरमा एमालले आयोजना गरेको विशेष कार्यक्रममा ओली सहभागी हुने भएका हुन् । जेनजी आन्दोलन पछि ओलीको यो पहिलो सार्वजनिक कार्यक्रम हुनेछ । च्यासलमा हुने कार्यक्रममा जेनजी आन्दोलनबारे एमालेको धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
युवा संघ नेपालका प्रवत्ता निरोज पौडेलका अनुसार भोलिको कार्यक्रमा एमालेका सबै भातृ संस्थालाई पहिचानसहित उपस्थित हुन भनिएको छ ।
पौडेलका अनुसार ओलीले भोलिको कार्यक्रमा विषेश सम्बोधन पनि गर्ने भएका छन् ।
प्रतिक्रिया