जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली « Khabarhub

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा घेरामा बसेका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शुक्रबार सार्वजनिक हुने भएका छन् ।

संविधान दिवसको अवसरमा एमालले आयोजना गरेको विशेष कार्यक्रममा ओली सहभागी हुने भएका हुन् । जेनजी आन्दोलन पछि ओलीको यो पहिलो सार्वजनिक कार्यक्रम हुनेछ । च्यासलमा हुने कार्यक्रममा जेनजी आन्दोलनबारे एमालेको धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

युवा संघ नेपालका प्रवत्ता निरोज पौडेलका अनुसार भोलिको कार्यक्रमा एमालेका सबै भातृ संस्थालाई पहिचानसहित उपस्थित हुन भनिएको छ ।

पौडेलका अनुसार ओलीले भोलिको कार्यक्रमा विषेश सम्बोधन पनि गर्ने भएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ८ : ३७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको