रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता « Khabarhub

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत शरिरहरू रूसले युक्रेनलाई फिर्ता गरेको किएभले बिहीबार पुष्टि गरेको छ ।

मृतकलाई स्वदेश फिर्तीका लागि आज युक्रेनी युद्धबन्दीहरूको मृत शरीर फिर्ता गरिएको पुष्टि गरेको हो। सहयोगका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममा भनेको छ, “रूसी पक्षका अनुसार युक्रेनी सैनिकहरूको एक हजार शवहरू युक्रेनमा फिर्ता गरिएको छ।”

बदलामा युक्रेनले २४ जना रुसी सैनिकको शव फिर्ता गरेको छ ।युद्धको बीचमा युक्रेन र रुसबीच सैनिकहरूको शव फिर्ता र युद्धबन्दीहरूको आदान–प्रदान हुने गरेका छन् ।

सन् २०२२ मा रुसले आक्रमण गरेयता दुवै पक्षका दशौँ हजार सैनिकहरू मारिएका छन्, यद्यपि कुनै पनि पक्षले नियमित रूपमा आफ्नै हताहतीको तथ्याङ्क प्रकाशित गर्दैनन्।युक्रेनको ‘आई वान्ट टु फाइन्ड’ परियोजनाका अनुसार, शवहरूको आदान–प्रदानमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले मध्यस्थता गरेको थियो।

कूटनीतिक प्रयासमार्फत द्वन्द्व अन्त्य गर्न अमेरिकी नेतृत्वमा दबाब दिए पनि किएभ र मस्कोबीच तीन चरणको प्रत्यक्ष वार्ताको बाबजुद लडाइँ रोक्ने दिशामा प्रगति रोकिएको देखिन्छ। गत हप्ता, क्रेमलिनले रूस र युक्रेनबीचको शान्ति वार्ता ‘रोकिएको’ क्रेमलिनले जनाएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ८ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना