दशैं बिदाका महत्वपूर्ण घटना– महराको भोजदेखि प्रचण्डको खाली निधारसम्म ! | Khabarhub Khabarhub

दशैं बिदाका महत्वपूर्ण घटना– महराको भोजदेखि प्रचण्डको खाली निधारसम्म !


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष २०७६ को दशैं लगभग सकिएको छ । देशका केही भागमा कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका थाप्ने प्रचलन रहेको छ । टाढा रहेका नातेदारकहाँ पुग्ने र टीका जमारा ग्रहण गर्ने क्रम केही दिन जारी रहेपनि दशैंको रौकन भने सकिएको छ ।

दशैं मनाउनका लागि राजधानीबाट बाहिरिएकाहरु र घरबाट टाढा रहेकाहरु राजधानी फर्किन थालिसकेका छन् ।

आज विहीवारबाट कार्यालयहरुसमेत खुलेका छन् । त्यसैले राजेगारीमा रहेकाहरु कार्यालय भ्याउनका लागि पनि कार्यस्थलमा फकिएका छन् । सरकारले दिएको दशैं विदा पनि बुधबारबाटै सकिएको छ ।

फूलपातीदेखि एकादशीसम्मका पाँच दिन धेरै मानिसहरु घरपरिवारसँग रमाइलो वा यात्राका क्रममा व्यस्त बने । त्यसबीचमा देशमा के के भए भन्ने चासो तपाईंलाई लाग्न सक्छ । त्यसैले हामीले दशैं बिदाका पाँच दिन घटेका महत्वपूर्ण घटना क्रमका बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

फेरिएको काठमाडौं

यदी तपाई फूलपातीको अघिल्लो दिन नै काठमाडौंबाट बाहिरिनु भएको हो भने तपाईं फर्कंदा काठमाडौंको स्वरुप परिवर्तन भएको हुनेछ ।
पाँच दिन मै कसरी यस्तो भयो भन्ने लाग्न सक्छ । तर भयो यस्तै ।

कोटेश्वर तीनकुने आसपासमा यात्रा गर्ने गर्नु भएको छ भने तपाई छक्क पर्नु हुनेछ । तपाई जानु भन्दा पहिला फुङ्ग उडेको तीनकुने चौरको वरिपरि अहिले पार्क बनेको छ । त्यो पनि रुख विरुवा सहितको ।

रंगरोगन सरसफाइ

वर्षा यामभरी खाल्डा पुर्न र धुलो सफा गर्न असफल बनेको सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने भएसँगै सडकमा कालोपत्र थप गरेको छ ।

खाल्डाखुल्डी सडक पुरेको छ । सडकको दायाँबायाँ रंग रोगन गरेर चिटिक्क पारेको छ । तपाई दशैंको रौनकमा रमाइ रहनु भएको बेला कामदार रात दिन भनेर काठमाडौंलाई चिटिक्क पार्न खटिएका थिए । अहिले सडकमा स्वागत द्वारहरु बनाइएको छ । कयौं समयदेखि नदेखिएका जेब्राक्रसिङ र सडक लेन भरखरै रंग रोगन गरिएको छ । चिनियाँ राष्ट्रपतिको सवारी हुने क्षेत्रका विजुलीका पोलमा चिनियाँ राष्ट्रपति र नेपालकी राष्ट्रपतिको फोटो टाँगिएको छ ।

महराको दशैं प्रहरी हिरासतमा

संसद सचिवालयकी कर्मचारी माथि जबरजस्ती करणी गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । अष्टमीका दिन अपराह्न प्रहरीले महरालाई पक्राउ गरेको हो ।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले महरालाई पक्राउ गर्नका लागि अदालतसँग अनुमति मागेको थियो । अदालतले अनुमति प्रदान गरेसँगै प्रहरीले महरालाई पक्राउ गरेको हो । अष्टमीको दिन पक्राउ परेका महराको दशैं हिरासतमा नै वितेको छ । अष्टमीको दिन सभामुख निवासमा महराले आफन्तलाई भोज दिएका थिए । दिनभर भोजमा रमेका महरा साँझ पर्दा प्रहरी हिरासतमा पुगे ।

दशैंमा क्रिकेटले दिएको खुशी

दशैंमा विदेशी भूमिमा क्रिकेट खेलिरहेका नेपाली खेलाडीले नेपालीलाई गौरवान्वित बनाउनका साथै दशैंमा थप खुसी दिए ।

दशैंकै बीचमा ओमानमा जारी ५ देशिय टि–शृङ्खलामा नेपाली क्रिकेट टोलीले शुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

जसमा नेपालले अष्टमीका दिन भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै दशैंको खुसीयाली थपेको थियो । यस्तै सोमबार नै भएको दोस्रो खेलमा बलियो मानिएको नेदरल्याण्डलाई पराजित गरेको थियो । उक्त खेलमा पनि नेपाली टोलीले समान ४ विकेटकै जित हात पार्दै क्रिकेट समर्थकको दशैंलाई उत्कृष्ट बनाएको थियो ।

शृङ्खलाको तेस्रो खेलमा भने नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको थियो ।

दशैंमा दुर्घटना, ३ को मृत्यु

दशैंमा दुर्घटनाका दुखद् समाचारहरु लेख्नु पर्ने अवस्था बन्यो । नवमीका दिन अर्घाखाँचीको सन्धिखर्कमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरको बोलेरो जीप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै देशका विभिन्न स्थानमा भएका दुर्घटनामा केहीको मृत्यु र केही घाइते भएको प्रहरीले जनाएको छ ।

भीआईपीको दशैं

यस वर्षको दशैंमा पनि भीआईपीले सर्वसाधारणलाई टीका लगाईदिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाई दिएका थिए ।

राष्ट्रपति भण्डारीले आमाको हातबाट टीका ग्रहरण गरेकी थिइन् । प्रधामन्त्री केपी ओलीले बुवाको हातबाट टीका ग्रहरण गरेका थिए ।

सामाजिक सञ्जालहरुमा भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले कहाँ भन्दा पूर्व राजा ज्ञानेन्द्र शाहका टीका लगाउन जाने सर्वसाधारणको भीड देखिएको बारे बहस भएको थियो ।

प्रचण्डले नलगाएको टीका

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा यसपटक टिकाटालो गरिएको छ ।

गत वर्ष पुत्र प्रकाश दाहालको मृत्युको शोकमा रहेको प्रचण्ड परिवारमा यस वर्ष भने दशैं सामान्य मनाइएको छ ।

प्रचण्डकी छोरीहरु गंगा र रेणुसहित नातिनातिनीले टिका लगाएका छन् । उनीहरुलाई सीता दहालले टिका लगाइदिएकी थिइन् । प्रचण्डले भने टिका लगाएनन् र लगाइदिएनन् पनि ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे औपचारिक जानकारी

चिनियाँ राष्ट्रपति सी चिनपिङ आगामी शनिबार नेपालको भ्रमणमा आउने जानकारी परराष्ट्र मन्त्रालयले असोज २२ गते एक विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

परराष्ट्रमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण शनिबारदेखि हुने जानकारी दिएको हो । चिनियाँ राष्ट्रपति शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । आइतबार उनी चीन फर्किने कार्यतालिका छ ।

पूजा गर्ने समयको विषयलाई लिएर झडप, १२ घाइते

सप्तरीको शम्भुनाथमा दशैंको अवसरमा आयोजित रामलिलाको समय विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् । घाइते मध्ये चारको अवस्था गम्भिर छ । घटना टीकाको भोलिपल्ट अर्थात एकादशीको हो ।

शम्भुनाथ १ खोक्सरस्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समय विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना घाइते भएका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ४ : ४७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड