नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु « Khabarhub

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् । सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिहादी तथा ‘डाँका’ समूहका गिरोहहरूले उत्तर तथा मध्य नाइजेरियाका समुदायहरूलाई आतङ्कित बनाएका छन्। उनीहरूले घातक हमला गर्ने, अपहरण गरी फिरौती असुल्ने र किसानहरूलाई आफ्नै खेतमा जानका लागि कर लगाउने गर्छन् । सुरक्षा विश्लेषकहरूका अनुसार मुख्य रूपमा आर्थिक लाभका लागि सक्रिय अपराधी गिरोह र जिहादीहरूबीच बढ्दो सहकार्य भइरहेको छ । जिहादीहरूले पूर्वोत्तरमा १७ वर्षदेखि विद्रोह गरिरहेका छन् ।

गुम्मीका बासिन्दा अबुबकर मुहम्मदले बताउनुभयो, “सेना र स्थानीयहरूले सयौँ चोरीका गाईहरू लिएर आफ्नो शिविरबाट अन्यत्र सरिरहेका करिब एक हजार डाँका समूहका सदस्यहरूसँग बुधबार रातिदेखि बिहीबारसम्म झडप भएको थियो । ‘सेना र गाउँलेहरूले रातभरि र भोलिपल्ट बिहानसम्म चलेको लडाइँमा लुटेरा समूहका ३०० भन्दा बढी सदस्यहरूलाई सफाया गरेको छन्,’ मुहम्मदले एएफपीलाई बताए ।

अर्का बासिन्दा अबुबकर कुदी–कासाले भने, ‘बुधबार राति सवा नौ बजेतिर कारबाही सुरु भएको थियो र गोली तथा बिस्फोटको आवाजले सारा गाउँ रातभर जागा रहेको थियो। लुटेराहरू अझै सेना र गाउँलेहरूको घेराबन्दीमा छन् ।’

दुई हप्ता अघि सेनाले लुटेराहरूको शिविरमा हमला गर्न खोजेको थियो तर ‘अत्यधिक सङ्ख्या र राम्रोसँग सुसज्जित सशस्त्र’ लुटेरासँग लड्ने बल नपुग्ने अनुमानपछि फिर्ता हुनुपरेको थियो। ‘सेनाले राम्रो तयारी गरेर फर्किएर उनीहरूमाथि कडा प्रहार ग¥यो,’ उनले थपे । अर्का बासिन्दा शेहु दान्दारेले पनि सेनाले ‘गिरोहहरूलाई बमबारी’ गरेर ३०० भन्दा बढी मारिएको बताए ।

गत वर्ष जुलाईमा नाइजेरियाली सेनाले केब्बी राज्यमा ३५० जति लुटेराहरुको ठूलो समूहलाई घेराबन्दीमा पारी कम्तीमा १५० जनालाई मारिदिएको थियो । एक महिनापछि जाम्फाराको बुककुयुम क्षेत्रमा सेनाले ४०० भन्दा बढी गिरोह सदस्यहरू भएको जङ्गली शिविरमा हवाई हमला र स्थलगत कारबाही गरी १०० भन्दा बढीलाई मारिदिएको संयुक्त राष्ट्रसङ्घलाई बुझाउन तयार पारिएको सुरक्षा रिपोर्टमा उल्लेख छ ।

जाम्फारा सरकारले यो हप्ताको कारबाहीलाई हिंसात्मक अपराधविरुद्धको ‘महत्वपूर्ण सफलता’ भनेको छ ।अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया बहुविध सुरक्षा सङ्कटसँग जुधिरहेको छ। पूर्वोत्तर नाइजेरियामा सन् २००९ देखि सुरुमा बोको हराम, त्यसपछि यसको शाखा तथा प्रतिद्वन्द्वी इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स नामक इस्लामिक चरमपन्थी विद्रोह चलेको छ ।

हालैका महिनाहरूमा नाइजेरियाले जिहादीहरूलाई मार्न सफलता पाएको दाबी गरेको छ। यसअघि क्रिसमसको दिन अमेरिकी हवाई हमला र नाइजेरियाली सेनाको सहकार्यमा सोकोतो राज्यमा गरिएको कारबाहीमा लुटेरा समूहतर्फ ठूलो क्षति भएको थियो ।

अमेरिकाले नाइजेरियाली सेनालाई सहयोग र तालिम दिन सयौँ सैनिक खटाएको छ। अमेरिका–नाइजेरिया संयुक्त कारबाहीमा इस्लामिक स्टेट समूहको विश्व स्तरको दोस्रो कमान्डरसहित करिब २०० लडाकुहरू मारिएका थिए।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ८ : ४५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ