एसिया कप : श्रीलंकासँग अफगानिस्तान पराजित हुँदा बंगलादेश सुपर फोरमा « Khabarhub

एसिया कप : श्रीलंकासँग अफगानिस्तान पराजित हुँदा बंगलादेश सुपर फोरमा


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको खेलमा श्रीलंकासँग पराजित भएसँगै अफगानिस्तान एसिया कपको समूह चरणबाट बाहिरिएको छ । अफगानिस्तान पराजित हुँदा बंगलादेश भने सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।

दुबईको शेख जायद क्रिकेट स्टेडियममा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको १७० रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा पूरा गरेको हो । मात्र चार विकेटको क्षतिमा श्रीलंकाले १८ ओभर ४ बलमा १७१ रन बनाएको हो ।

श्रीलंकाको जितमा कुशल मेन्डिसले नटआउट ७४ रन हिर्काए । सानदार अर्धशतकका लागि ५२ बल खेलेका उनले १० वटा चौका हिर्काए । उसका लागि कुशल परेराले २८ रन बनाउँदा कमिन्दु मेन्डिसले २६ रन थपे ।

बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान, अमत उल्लाह ओमार्जी, मोहम्मद नावी र नोर अहमले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको अफगानिस्ताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १६९ रन बनाएको हो । अफगानिस्तानका लागि मोहमद नावीले आक्रामक ब्याटिङ गर्दै सानदार अर्धशतकीय पारी खेले । मात्र २२ बलको सामना गरेका उनले ६ छक्का र तीन चौकाको मद्दतमा ६० रन बनाएका हुन् । उसका लागि इब्राहिम जर्दान र रासिद खानले समान २४–२४ रन जोड्दा सिद्धकउल्ला अतलले १८ रन थपे ।

बलिङतर्फ श्रीलंकाका नुवान थुर्साराले चार विकेट हात पारे । चार ओभर बलिङ गर्दा उनले मात्र १८ रन खर्चिएर चार विकेट लिएका हुन् । दुश्मान्था चमेरा, दुनिथ एलागे र दुशान शानकाले एकएक विकेट लिए ।

यो प्रतिस्पर्धासँगै समूह ‘बी’बाट श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै एसिया कपको सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट भने भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : ४० बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति