जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन « Khabarhub

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिव स्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले जानकारी दिइन् । 

गत भदौ २३ गते र भदौ २४ गते कर्मचारीका सवारीसाधन मन्त्रालय परिसरमै थिए । त्यस दिन सिंहदरबारको मूल ढोकाबाट सरकारी नम्बर प्लेटका गाडी निकाल्न दिइएको थिएन ।

मन्त्रालयअन्तर्गत रहेको बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका सरकारी सवारीसाधन पनि जलाइएका र त्यसको विवरण तयार पारेर प्रतिवेदन बुझाइने प्रवक्ता पण्डितले बताइन्  । 

मन्त्रालयको ४१ गाडीमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका २९ मोटरसाइकल जलाइएका छन् । 

मन्त्रालय परिसरमा पार्किङ गरिराखिएका नौ मोटरसाइकल हराए तथा १० स्कुटर जलाइएका सवारी हेर्ने शाखाका कर्मचारी लोमश आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : १७ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस