समान भोल्टेजको विद्युत उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको आग्रह | Khabarhub Khabarhub

समान भोल्टेजको विद्युत उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको आग्रह


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिन फिङको राजकीय भ्रमणको क्रममा सहज रुपमा एकै प्रकारको भोल्टेज सहितको विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई ठाएको पत्र अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, फुल्चोकीस्थित कम्युनिकेशन रिपिटर स्टेशनमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । यस्तै भट्टेडाँडास्थित राडार स्टेशनमा निरन्तर विद्युत् उपलब्ध गराइदिन समेत ध्यानकर्षण गराएको छ ।

ती स्थानमा निरन्तर विद्युत् आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था गर्न नागरिक उड्डयनले विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिएको चाबहिल तथा नयाँ बानेश्वरको फिडर लाइनको डेडिकेटेड विद्युत् आपूर्तिलाई समेत उच्च प्राथमिकतामा राखी निरन्तर विद्युत् आपूर्ति गर्न आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको हो ।

विद्युत्को भोल्टेजमा हुने उतार चढावले समस्या आउन सक्ने भएकाले विशेष ध्यान दिइएको बताइएको छ । त्यसो त विद्युत् प्राधिकरणले यस अघि नै अत्यावश्यक स्थानमा भोल्टेजलगायतका विषयमा देखिएको समस्याको समाधान गरिसकेको छ ।

चिनियाँ राष्ट्रपति यही असोज २५ र २६ गते दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आउँदै छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ०० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने