पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएनन्  « Khabarhub

पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएनन् 


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा ल्याउन नसकेका हुन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका नौ वटा पालिकाले अझैसम्म पनि खाता सञ्चालनमा ल्याउन नसकेको जानकारी दिए । 

पर्साका अधिंकाश पालिकाले निर्धारित समयभित्रै चालु आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् भने ल्याएका पालिकाले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा बैंक खाता सञ्चालनमा आउन नसकेको हो । 

बैंक खाता सञ्चालन नहुँदा कर्मचारीको तलबभत्ता र अन्य विकास निर्माणको गतिविधि पनि ठप्पजस्तै छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक जोशीले पर्साका आठ वटा स्थानीय तहको अहिलेसम्म पनि खाता सञ्चालनमा नआएको जानकारी दिए।

‘स्थानीय तहले चालु आवको रकम खातामा माग गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, । गाउँ वा नगरसभाबाट पारित भएको नीति कार्यक्रम र बजेट कार्यालयमा नबुझाउँदा र प्रमुख वा गाउँपालिका प्रमुखले अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदासम्म आर्थिक गतिविधिका लागि खाता सञ्चालन गर्न नपाइने प्रावधान छ’, उनले भने, ‘सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएका स्रोतको पनि सूत्रमार्फत खर्चको लिपिबद्ध गर्नुपर्ने र अन्य कानुनी प्रक्रिया पूरा नभएकाले पनि खाता सञ्चालनमा आउन नसकेको हो ।’

कार्यालयका अनुसार यहाँका यहाँका विन्दवासिनी गाउँपालिका, कालिकामाई गाउँपालिका जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, धोविनी गाउँपालिका, ठोरी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, बहुदरमाई नगरपालिकाको भने अहिलेसम्म पनि खाता सञ्चालन हुन सकेको छैन ।

कार्यालयका अनुसार अहिलेसम्म वीरगञ्ज महानगर ,पर्सागढी र पोखरिया नगरपालिका, छिपरमाई गाउँपालिका, पर्टेवासुगौली गाउँपालिकाको भने खाता सञ्चालन भइसकेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १२ : ५७ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा