हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू) « Khabarhub

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

आजकै दिन हनुमानढोका दरबार स्क्वायरको दशैं घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ११ : २३ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,