‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन एनआरएनले शुरु गर्‍यो छुट्टै अभियान « Khabarhub

‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन एनआरएनले शुरु गर्‍यो छुट्टै अभियान


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवर्द्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ ।

सङ्घले बुधबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको २०७५/७६ को नीति तथा कार्यक्रमअनुरुप सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणालाई सहयोग पुर्‍याउन नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु गरिएको जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षता र सहकोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २१३ सदस्यीय मूल समारोह समिति गठन पनि गरिएको छ ।

कार्यक्रमअन्तर्गत सङ्घको अग्रसरतामा ‘एक मित्र आफ्नो मुलुक पठाउँ’, ‘गौतमबुद्ध नेपालमा जन्मिएका हुन्’, ‘अतिथि देव भवः’ जस्ता प्रवर्द्धनात्मक कार्यक्रम गर्न शुरु गरिएको छ । सङ्घको सदस्य रहेको मुलुकबाट ती सदस्यले कम्तीमा एक जना पर्यटकलाई प्रेरित गर्ने अभियान सञ्चालन गर्नुपर्ने तथा विदेशमा रहेका नेपाली नागरिकले पनि आफ्नो देशको संस्कार र संस्कृतिको जानकारी दिन विभिन्न महोत्सव थालनी गरिएको छ ।

सङ्घका अध्यक्ष भवन भट्टले सरकारले थालनी गरेको सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने अभियानलाई सहयोग गर्नका लागि यस किसिमको अभियान शुरु गरिएकाले देश विदेशमा रहनुभएका सबै नेपालीलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

पर्यटन प्रवर्द्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकूद प्रतियोगिता, नेपाली खानाका विभिन्न कक्ष सञ्चालन गर्नुपर्नेमा अध्यक्ष भट्टले जोड दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन वर्ष सफल बनाउन एनआरएनको यस अभियान अत्यन्तै महत्वपूर्ण रहने धारणा राखे । विशेगरी नेपालमा पर्यटक आउने समय कात्तिक मङ्सिर र पुसलाई लिने गरिएको भएपनि अन्य महीनामा पनि पर्यटक ल्याउन सोहीअनुरुपको कार्यक्रम थालनी गर्नुपर्ने अधिकृत जोशीकाे भनाइ थियाे ।

यस कार्यक्रमको लागि सङ्घले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड सम्बन्धित मुलुकस्थित नेपाली नियोग, राजदूतावास र सम्बन्धित निकायसँग सहकार्य गर्ने बताएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : ०० बजे

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको