चिनियाँ राष्ट्रपतिको १९ घन्टे नेपाल बसाइको यस्तो छ कार्यतालिका « Khabarhub

चिनियाँ राष्ट्रपतिको १९ घन्टे नेपाल बसाइको यस्तो छ कार्यतालिका


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने नेपाल भ्रमणका लागि भोलि(शनिवार) नेपाल आउँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी दुई दिने राजकीय भ्रमणमा आउन लागेका हुन् ।

छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेका हुन् ।

शनिवार काठमाडौं अवतरण भएर सी आइतवार चीन फर्कने कार्यतालिका रहेको छ ।

१९ घन्टे नेपाल बसाइका क्रममा राष्ट्रपति सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत उच्च पदस्थहरुसँग भेटवार्ता गर्ने र केही सम्झौतामा हस्ताक्षर गर्नेसम्मका कार्यक्रम तय भएको छ ।

सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने वा नगर्ने भन्ने कार्यतालिका तय भएको छैन ।

यस्तो छ सी को भ्रमण तालिका

शनिवार

अपराह्न ४ : ३० मा विमानस्थलमा अवतरण

साँझ ६ : ३० मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

साँझ ७ : ३० बजे सोल्टी होटलमा रात्रिभोज

आइतवार

विहान १० : ३० मा प्रचण्डसँग भेटवार्ता

बिहान ११ : ०० मा ओलीसँग भेटवार्ता र द्वीपक्षीय सम्झौता

दिउँसो १ : ०० मा चीन फिर्ता

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : ३३ बजे

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो

ताइवानतिर चीनले हान्यो रकेट

काठमाडौं- चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र