व्यापारीसँग पैसा असुल्दै गर्दा पक्राउ परे नक्कली घुमुवा प्रहरी « Khabarhub

व्यापारीसँग पैसा असुल्दै गर्दा पक्राउ परे नक्कली घुमुवा प्रहरी


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, युवक मण्डलले जिल्लाको पूर्वी दक्षिणी सीमा क्षेत्रमा अवस्थित मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी रहेको भन्दै धम्क्याउने, तर्साउने र उनीहरुसँग रकमसमेत असुल्ने कार्य गर्दै आएका थिए ।

प्राप्त गोप्य सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकै बेला उनलाई पक्राउ गरिएको एसपी बुढाथोकीले जानकारी दिए । पक्राउ गरिएका मण्डललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ०१ बजे

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको