यी हुन् चीनबाट नेपालमा अहिलेसम्म भएका उच्चस्तरीय भ्रमणहरू « Khabarhub

यी हुन् चीनबाट नेपालमा अहिलेसम्म भएका उच्चस्तरीय भ्रमणहरू


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिवारबाट नेपालको राजकीय भ्रमण गर्दैछन् ।

छिमेकी मुलुक चीनबाट राष्ट्रपतिको भ्रमण हुने भएपछि काठमाडौंलाई सिंगारिएको छ ।

सी अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने सबै क्षेत्रमा रंग रोगन, गेटहरुको निर्माण, बगैचा र पार्कहरुको निर्माण गरिएको छ ।

विमानस्थलदेखि राष्ट्रपति निवास र सी बस्ने सोल्टी होटलसम्मको सडकका अधिकांश स्थानमा कालोपत्रे थप गरिएको छ । रेलिङहरुमा रंगरोगन, जेब्राक्रसिङ र लेनहरुसमेत रंग लगाइएको छ । ठाउँठाउँमा स्वागत द्वारहरु बनाइएको छ ।

राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुवै नेताको उपस्थितिमा केही द्विपक्षीय सम्झौत र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा चिनियाँ भ्रमण

राष्ट्रपतिको तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुईजना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन् ।

श्रोत–बीबीसी नेपाली

 

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ४४ बजे

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो

ताइवानतिर चीनले हान्यो रकेट

काठमाडौं- चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र