यी हुन् चीनबाट नेपालमा अहिलेसम्म भएका उच्चस्तरीय भ्रमणहरू « Khabarhub

यी हुन् चीनबाट नेपालमा अहिलेसम्म भएका उच्चस्तरीय भ्रमणहरू


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिवारबाट नेपालको राजकीय भ्रमण गर्दैछन् ।

छिमेकी मुलुक चीनबाट राष्ट्रपतिको भ्रमण हुने भएपछि काठमाडौंलाई सिंगारिएको छ ।

सी अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने सबै क्षेत्रमा रंग रोगन, गेटहरुको निर्माण, बगैचा र पार्कहरुको निर्माण गरिएको छ ।

विमानस्थलदेखि राष्ट्रपति निवास र सी बस्ने सोल्टी होटलसम्मको सडकका अधिकांश स्थानमा कालोपत्रे थप गरिएको छ । रेलिङहरुमा रंगरोगन, जेब्राक्रसिङ र लेनहरुसमेत रंग लगाइएको छ । ठाउँठाउँमा स्वागत द्वारहरु बनाइएको छ ।

राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुवै नेताको उपस्थितिमा केही द्विपक्षीय सम्झौत र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा चिनियाँ भ्रमण

राष्ट्रपतिको तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुईजना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन् ।

श्रोत–बीबीसी नेपाली

 

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ४४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री